रुपन्देहीको देवदहमा बालबालिकाका लागि क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदहको आयोजना, लायन्स क्लब अफ बुटवल मणि उजेशको सह आयोजना तथा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा देवदह मदरटङ्गस एकेडेमीमा बालबालिकाका लागि क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले लायन्स क्लबले स्वास्थयको क्षेत्रमा पुर्याएको योगदान उत्कृष्ट रहेको बताउनुभयो। उहाले देवदह नगर अस्पताललाई स्वास्थ्य बिमाको प्रथम बिन्दु बनाउन लागीरहेको बताउदै सबै पक्षको सहयोग आवाश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै लायन्स ३२५ पि का सेकेण्ड भाईस डिस्ट्रीक गभर्नर पुरषोतम भक्त प्रधानाङ्गले लायन्सले सधै समुदायमा अधारित काम गर्ने बताउदै लायन्सको सेवा सबै समाजमा पुग्नु पर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा बोल्दै देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले देवदह मेडिकल कलेज स्थानीय सरकार संग मिलेर काम गर्न तयार रहेको बताउनुभयो। उहाले पछिल्लो समय सर्ने रोग भन्दा पनि बढी डरलाग्दो नसर्ने रोगका कारण मान्छे मृत्यु भैरहको बताउदै स्वास्थय क्षेत्रमा देवदह भरी कार्यक्रमहरु गर्नु परे मेडिकल कलेज आतुर रहेको बताउनुभयो।
कार्यक्रममा ८० जना विद्यार्थीहरुको चेकजाँच गरिएको तथा ८ जना बिद्यार्थीको रेटिनमा समस्या देखिएकोले लायन्स आँखा अस्पताल खैरेनी रिफर गरिएको क्लबका अध्यक्ष विष्णु प्रसाद ज्ञावालीले जानकारी दिनुभयो ।