spot_img
spot_img
spot_img

सौर्यमण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला

spot_img

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ । ‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु गर्यौं । नयाँ वर्षले के ल्याउनेछ रु थप ग्रहहरू १’ नासाले ट्वीट गरेको छ । सौर्यमन्डलबाहिरका ग्रहलाई एक्सोप्लानेट्स भनिन्छ । करिब ४ प्रतिशत एक्सोप्लानेट्स पृथ्वी वा मंगल ग्रहहरू जस्तै चट्टानी रहेका बताइन्छ ।

नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनाएको थियो । यो टेलिस्कोप अझै सञ्चालनमा छ । जुलाईमा यसको पहिलो ब्रह्माण्डको तस्बिर प्रसारण गर्न थालेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img