एजेन्सी //
सङ्घीय उड्ययन प्रशासन ९एफएए० को कम्प्युटरमा समस्या आएका कारण आज बुधवार अमेरिकाभरका उडानहरू ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्र्याकिङ वेबसाइट ९फ्लाइटअवेयर० का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजारभन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी झन्डै एक सयभन्दा बढी उडान रद्द भएका छन् । ढिलाइ भएका धेरैजसो उडानहरू पूर्वी क्षेत्रमा केन्द्रित भए पनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायु सेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् ।
एफएएले आफ्नो ुनोटिस टु एयर मिसन सिस्टमु लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ । एफएएले भनेको छ, ‘हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौँ र सिस्टमलाई ुरिफ्रेसु तथा ुरिलोडु गरिरहेका छौँ । राष्ट्रिय वायु सेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ ।’ एफएएले केही लाइनले काम गर्न थालेका जनाएको छ । तर राष्ट्रिय हवाई क्षेत्र प्रणाली सञ्चालन सीमित भएको छ । यातायात मन्त्री पीट बटिजिगले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु । युनाइटेड एअरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायीरूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।