दीपक-सुमन जैसवाल, रुपन्देही//
रुपन्देहीको गैडहवा गाउँपालिकामा हिउँदे अधिवेशन शुरु भएको छ । गाउँपालिका भवन हलमा भएको अधिवेशनले हालसम्म भएको प्रगति प्रतिवेदन पेश गरेको छ। चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुजीगत ५.६८ र चालू तर्फ २३ प्रतिशत खर्च भएको सार्बजनिक गरिएको छ । शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन पुर्वाधार क्षेत्रको विकास संगै नीति निर्माण,योजना संशोधन ,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनुभएको छ।
गैडहवाताल संगै गाउँपालिका भित्र पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष पौडेलले बताउनु भयो। अध्यक्ष पौडेलले गाउँपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गर्नुभयो ।
कृषि स्वास्थ्य पर्यटनको हबको रुपमा पालिकालाई बिकास गर्ने गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले बताउनु भयो ।कार्यक्रममा गैडहवा गाउँपालिका वडा न।१ देखि ९ सम्मका जनप्रतिनिधिले बिकास सगै प्रश्न, गुनासो र सुझाव राख्नु भएको थियोे । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको गाउँसभा पालिकाका शिक्षा शाखा प्रमुख माधबराज पौडेलको स्वागत शुरु गर्नु भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत कृष्ण पन्थीले सन्चालन गर्नु भएको थियोे ।