spot_img
spot_img
spot_img

देवदहको कोटियादेवी मन्दिरमा श्रीमद्भागवत तथा धनधान्याचल हुने

spot_img

देवदह //

रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ घोडाहास्थित कोटियादेवी मन्दिरमा श्रीमद्भागवत तथा धनधान्याचल लाग्ने भएको छ। आज पत्रकार सम्मेलन गर्दै महायज्ञ आयोजक समितिले यही पौष ३० गते देखि माघ ७ गतेसम्म धनधान्याचल चल्ने जनाएको छ। करिब ६० बर्ष पुरानो ईतिहास बोकेको मन्दिरको जग्गा व्यवस्थापन, धर्मशाला निर्माण र योग भवन निर्माण गर्ने गरी श्रीमदभावत धनधान्याचल आयोजना गर्न लागेको मूल समितिका संयोजक मोहनबहादुर जिसीले बताउनुभयो।

उहाले धनधान्याचलमा करिब १० हजार भक्तजन भित्राउने लक्ष्य रहेको बताउनुभयो। श्रीमदभावत धनधान्याचल करिब १ करोड रकम संकलन गर्ने लक्ष्य लिएको संयोजक जिसीले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा पौष ३० गते खैरेनीको लोकेश्वर मन्दिर देखि कोटियादेवी मन्दिर सम्म कलस यात्रा गर्ने कार्यक्रम रहेको आयोजकले जानाएको छ। श्रीमदभावत धनधान्याचलमा श्री श्रवण न्यौपाने र आचार्य ओमप्रकाश सुवेदि वाचकको रुपमा हुनुहुन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img