उर्मिला यादव यात्री, भैरहवा//
गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीको आयोजनामा मायादेवी ६ बेथरीमा मकरसंक्रान्ति (खिचडी)महोत्सव सम्पन्न भएको छ । नेपाल सरकारका पुर्व गृहमन्त्री बालकृष्ण खाणले पुर्व गृहमन्त्री खाँणले सम्पुर्ण समुदायलाई खिचडी पर्वको शुभकामना दिदै सबैलाई एकताका साथ अघि बढन आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुर्व गृहमन्त्री खाँणले खिचडी पर्व सबैको साझा पर्व भएकोले हरेक समुदायमा यसको छुटटै महत्व रहेको समेत उल्लेख गर्नुभयो ।
यस्तै गरी कार्यक्रममा बोल्दै पुर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले खिचडी पर्वको सबैमा शुभकामना दिदै सदियौ देखि चलिआएको खिचडी पर्व हाम्रो प्रमुख संस्कृति भएकोले यसको संरक्षणको लागी गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीले खिचडी महोत्सव आयोजना गरी प्रशंसनिय कार्य गरेको बताउनुभयो।
कार्यक्रममा संबिधान सभा सदस्य सोनिया यादवले गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीलाई एकजुट भएर अघि बढन आग्रह गर्नु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोलाले यादव सेवा समाजको भवन निमार्ण गर्नुपर्नेमा जोड दिनु भएको छ । गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीको आफनो छुटटै एम्बुलेन्स हुनुपर्ने वडा अध्यक्ष भोलाले बताउनु भयो । एम्बुलेन्स सञ्चालनका लागि आफनो वडाबाट एक लाख ५१ हजार रुपैया बजेट बिनियोजन गर्ने घोषणा गर्दै यादव सेवा समाजबाट हरेक गाउपालिका र वडामा जितेका जनप्रतिनिधीहरुलाई आफनो संस्थाको बिकासका लागी बजेट बिनियोजन गर्न समेत वडा अध्यक्ष भोलाले आग्रह गर्नुभयो । कार्यक्रमकोको अध्यक्षता अध्यक्षता गर्दै यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डाक्टर रणधीर यादवले यादव समुदायमा रहेको दहेज प्रथा जस्तो बिकृतिलाई हामी आफैले हटाउनुपर्ने बताउनु
भयो । उहाले हामी सबै मिलेर दहेज नलिने र दहेज नदिने कार्यको शुरुवात गर्नुपर्नेमा अध्यक्ष डाक्टर यादवले जोड दिनुभयो । कार्यक्रममा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले आगामी दिनमा यस्तै कार्यक्रमहरु नेपालभरी अभियानको रुपमा चलाउनुपर्ने बताउनु भएको छ । कार्यक्रमले यादव समुदायमा एकता हुनुका साथै यसको माध्यमबाट सामाजिक सदभाव पनि बलियो हुने उपाध्यक्ष भरथरी गादपले जोड दिनुभयो ।
यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डाक्टर रणधीर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल सेवा समितीका जिल्ला सल्लाहकार भागीरथी यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समितीको जिल्ला सचिव उमाशंकर यादवले गर्नु भएको थियो ।
यदुवंशी युवा समाज रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राकेश यादवले स्वागत गर्नु भएको कार्यक्रममा गोपाल सेवा समितीको बिकासका लागी महत्वपुर्ण योगदान पुरयाउने व्यक्तित्व, मायादेवी गाउपालिका भित्र निर्वाचित जनप्रतिनिधीहरु लगायत जेष्ठ नागरीकहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरीएको थियो । कार्यक्रममा चर्चित बिरहा गायक हरकेश यादव र बिरहा गायक रन्जना सिंहको बेजोड प्रस्तुती समेत रहेको थियो ।