spot_img
spot_img
spot_img

लुम्बिनी मागीखाने भाँडो नभएर बौद्ध धर्मलम्बीहरूको ढुकढुकी हो : मन्त्री किराँती

spot_img

काठमाण्डौ//

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभएको छ। उहाँले लुम्बिनीजस्तो पवित्र स्थलको काम इमानदारिताका गर्न आग्रह गर्नुभभएको छ । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको हो । मन्त्री किराँतीले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागीखाने भाँडो नभएर बौद्ध धर्मलम्बीहरूको ढुकढुकी भएको उल्लेख गर्दै कर्मचारीलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभएको थियो।

नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँको भनाइ छ। मन्त्री किराँतीले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो। उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकारले कर्मचारीबाट क्यालेन्डरअनुसार कामको परिणाम ल्याउने दाबी गर्नुभयो। कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो। उ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img