काठमाण्डौ //
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ। आज आइतबार बसेको पार्टीको बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले समस्या समाधान गरिसकेको अवस्थामा आफ्नो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहेको बताउनुभएको छ।
गृह मन्त्रालय स्वतः पाउने र त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने उहाँले बताउनुभएको हो । यसैबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो।