एजेन्सी//
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिनुभएको छ। राष्ट्रपतिको कार्यालयले अहिले सरकारको राजस्व मासिक खर्चभन्दा निक्कै कम रहेको जनाएको छ। राष्ट्रपति विक्रमासिङ्घेले जनरल ट्रेजरीले भुक्तानीकर्ताबाहेक सबै खर्चहरू पूरा गर्न अहिले अत्यन्त चुनौतीपूर्ण रहेको बताउनुभएको छ।
योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिएको उहाँको भनाई छ। मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताउनुभएको छ । गएको वर्षदेखि श्रीलङ्काले चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ ।