spot_img
spot_img
spot_img

गुल्मीको भगवती आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न

spot_img

गुल्मी ।
गुल्मी मुसिकोट नगरपालिका १ बाङ्गे स्थित भगवती आधारभूत विद्यालयको ४० औं बार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालयको बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मुसिकोट नगरपालिका वडा न १ का वडाअध्यक्ष मोहन घिमिरेले भगवती आधारभूत विद्यालय यस क्षेत्रकै गहनाको रूपमा रहेको दावी गर्नु भयो। समारोहका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले बिधार्थीहरुको उज्वल भविष्यको गोरेटो निर्माण गर्ने कार्य बिद्यालय भएकोले बिधार्थीहरुलाई असल र अनुशासित व्यबहार सहितको शिक्षा दिनु पर्ने कुरामा जोड दिनुभयो।
विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, महासंघका कोषाध्यक्ष कौरव खत्री, सामुदायिक रेडियो छत्रभुमीका स्टेशन म्यानेजर माधव खरेल लगायतले आगामी दिनमा बिद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा सवल र सक्षमता कायम गरोस भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयमा आन्तरिक हाजिरी जवाफ प्रतियोगिता ,घैटोफोर, बेलुनफोर, भलिबल साँस्कृतिक लगायत कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा वडा सदस्यहरु दान बहादुर केसी र कुसुम परियार, सामुदायिक रेडियो छत्रभुमीका सहायक स्टेशन म्यानेजर सुरज कार्की, बिद्यालयका चन्दादाता, समाजसेवी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।

बिद्यालयको बार्षिकोत्सवको अवसरमा घाँस काट्न जाँदा भिरबाट लडेर हात, खुट्टा र कम्मरमा गहिरो चोटका कारण गुल्मी अस्पतालामा उपचारत विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा संगीता नेपालीको उपचारका लागि सामुदायिक रेडियो छत्रभुमीको पहलमा संकलित नगद ३६ हजार ५ सय रूपैयाँ र नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीको पहलमा संकलित नगद ८ हजार १ सय रूपैयाँ गरी ४४ हजार ६ सय रूपैया विरामीका आमा गोमा नेपालीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत नेपालीको अध्यक्षता तथा विद्यालयका शिक्षक गुञ्जन गुरूङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्णबहादुर हमालले गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img