spot_img
spot_img
spot_img

गुल्मीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन मावीको वार्षिकोत्सव सम्पन्न

spot_img

गुल्मी ।

गुल्मी मुसिकोट नगरपालिका वडा नंम्बर २ मुसिकोट देउराली स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको ६६ औ बाषिर्कोत्सव सम्पन्न गरिएको छ । विद्यालयको ६६ औ बाषिर्कोत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा मुसिकोट नगरपालिका वडा न २ का वडाअध्यक्ष रबिन्द्र केसीले विद्यालयसम्मको जाने कच्ची बाटो र विद्यालयमा फर्निचर व्यवस्थापनको काम अगाडि बढिरहेको बताउनु भयो। विद्यालयको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्दै वडा अध्यक्ष के।सी।ले आपसी एकता र सहकार्यले मात्र समृद्ध र सवल मुसकिोट नगरपालिका सम्भव रहेको उल्लेख गर्नुभयो।

बाषिर्कोत्सवको अवसरमा विद्यालयका पुर्व प्रधानाध्यापक तेज बहादुर महत, पुर्व शिक्षकहरू कौरव बहादुर खत्री,पार्वती खराल,बिष्णु प्रसाद आचार्य,सन्तोषी सापकोटा,चन्द्र बिक, रामप्रसाद आचार्य,बिष्णु बहादुर राना,महेन्द्र घिमिरे,शिवकला पाण्डे,पुर्व विद्यालय कर्मचारी ओम बहादुर खत्री ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद आचार्य,पुर्व वडा सदस्य नर बहादुर खत्रीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा वडा सदस्य देव बहादुर रायमाझी, वडा सदस्य राम बहादुर महत, राधिका घिमिरे, पुर्व वडा सदस्य नर बहादुर खत्री लगायत पुर्व प्रधानाध्यापक, शिक्षक, चन्दादाता, समाजसेवी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।

विद्यालयमा विद्यार्थीहरूको हाजिरी जवाफ प्रतियोगिता, तातो आलु, चम्चा दौड, कुर्सी दौड, चकलेट दौड, अभिभावक जुत्ता दौड, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम सञ्चालन गरिएको बाषिर्कोत्सवमा विद्यालयका पुर्व प्रधानाध्यापक तेजबहादुर महत, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष ईश्वरीप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेको अध्यक्षता तथा विद्यालयका शिक्षक ओम बहादुर थापा मगरको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक निर्मला केसीले गर्नु भएको थियो । गत शनिबारदेखि शुरू भएको बार्षिकोत्सवको अवसरमा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सहित आइतबार सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img