spot_img
spot_img
spot_img

सुनचाँदी व्यवसायीहरुद्धारा सुरक्षाको अनुभुति दिलाउन माग

spot_img

भैरहवा ।

सुनचाँदी व्यवसायीहरुले सुरक्षाको अनुभुति दिलाउन माग गरेका छन् । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकको स्वागत तथा सम्मान कार्यक्रममा व्यवसायीहरुले खुल्ला सीमाका कारण जोखिम भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन । उनीहरुले विगतमा सुनचाँदी पसलमा चोरीका घटनामा संलग्न व्यक्तिहरु पक्राउ परे पनि चोरिएका सामानहरु फिर्ता हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनचाँदी पसलमा चोरीका घटना बढ्दै गएको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ व्यवसाय परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम सुनारले मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले सुनचाँदी व्यवसायी संघले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले रुपन्देही सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावना रहेको बताउनुभयो। बुटवल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष मिलन सुनारले प्रहरी प्रशासन र सुनचाँदी व्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्ने बताउनभएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि।क।ले व्यवसायीबाट साथ र सहयोगको अपेक्षा आफूले गरेको बताउनुभएको छ । उहाँले शान्ति सुुरक्षाको अवस्थालाई मजबुत बनाउने बताउदै सम्पूर्ण पसलमा सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गर्नुभएको थियो । सीसीटिभी क्यामेराले अनुसन्धानमा सहयोग गर्ने उहाँको भनाइ छ । उहाँले चोरीका घटनामा संलग्न व्यक्तिहरु ढिलो चांडो कारवाहीको दायरामा आउने बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img