बुटवल ।
२२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लवले जितेको छ। बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो । उपाधी जितेपछि मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपबिजेता बनेको सुदुरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ।
खेलमा दुवै टिमले १-१ गोल गरेर बराबरीमा थिए । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन नसकेपछि खेल सडन डेथमा पुगेको हो ।