रुपन्देही ।
रुपन्देहीको सिद्धार्थनगरबाट प्रहरीले अवैध रुपमा ल्याउदै गरेका कपडा बरामद गरेको छ। सोमबार विहान ६ बजे भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याउदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १२ डाँडागाँउबाट अनुमानित ५ लाख ४५ हजार मुल्य बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारेको हो।
चोरी पैठारी गरी ल्याउदै गरेको पठानी जेन्स सुट १४५ पिस, टप सेट ३०२ पिस, कुर्ता सुरवाल ३९ पिस, टिसर्ट २९७ पिस, जेन्स सट १५०पिस, साडी ३७० पिस, जुत्ता २६ जोर र टप्स ७५ पिस गरी स्थानियको रोहवरमा उक्त कपडा बरामद गरी आवश्यक कारबाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।