२१ चैत्र, काठमाडौं ।
कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी हरेक रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने भएकाले सतर्कता अपनाउदै परीक्षण गराएर यदी कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्न सबै नागरिकलाई आग्रह गरेको हो । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवि१.१६ देखा परेसंगै नेपालका कोरोनाको जोखिम पनि बढेको छ ।
अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका संक्रमणण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत मन्त्रालयले आग्रह गरेको हो । कोभिड–१९ को महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।