काठमाण्डौ ।
हाल प्रदर्शनरत फिल्म ‘जारी’ पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी दिनुभएको छ । उहाँले आइतबार प्रहरीको साइबर ब्युरोमा पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिनुभएको हो ।
हलमा फिल्म प्रदर्शन भएको समय खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले उजुरीमा उल्लेख छ । उजुरीमा उक्त पाइरेसी बिरुद्ध अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत माग गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??