कन्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकाको दुई सामुदायिक वन क्षेत्रमा भिषण आगलागी भएको छ। श्री रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह, कञ्चन ४ र रुद्रपुर धमिनाताल सामुदायिक वन उभोक्ता समूह कञ्चन ३ र ४को बिभिन्न ब्लकहरुमा आगलागी हुँदा करिब २ सय हेक्टर बनक्षेत्रमा नष्ट पुर्याएको छ। ईलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका अनुसार आईतबार दिउँसो करिब १ः३० बजेको समय देखि लागेको आगलागीका कारण बोट बिरुवाहरु जलेर नस्ट भएका छन । साँझ ५ बजेसम्म स्थानिय उपभोक्ता, समूहका पदाधिकारी, कर्मचारी, सुरक्षा प्रशासन तथा दमकलको संयुक्त प्रयास पछि आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, रुद्रपुरले जनाएको छ।
रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको ब्लक १ र २ मा पुरै आगलागी भएर नस्ट भएको छ भने ब्लक नं ३ का केही स्थानहरुमा समेत गरी करिब ४० हेक्टरमा आगलागी हुँदा बोट बिरुवाहरु नस्ट भएको धमिनाताल सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिनुभएको छ। यसैगरी रुद्रपुर सामुदायिक वन यपभोक्ता समूहको पश्चिम देउराली, पथरिया, बेलडाडा लगायत बिभिन्न स्थानहरुमा गरी बकरिब १५० हेक्टरमा आगलागी भएको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाले जानकारी दिनु भएको छ। बनक्षेत्रमा आगलागी स्थानीयहरुले थाहा पाएपछि ईलाका प्रहरी कार्यलय रुद्रपुर, प्रहरी चौकी प्रतापपुर र सैनामैनामा रहेको दमकललाइई खबर गरिएको थियो।




