गैडहवा।
रुपन्देहीको गैडहवामा गत चैत्र २५ गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ। अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आइतबार मुर्गिया एफसी र राइजिङ्ग स्टार बिच भएको प्रतिस्पर्धामा राइजिङ्ग स्टार विजयी भएको छ। गैडहवा गाउपालिका वडा नं ८ को देविनगर खेल मैदानमा सञ्चालित प्रतियोगितामा राइजिङ्ग स्टारले मुर्गियालाई ट्राइब्रेकरमा ७ गोलका बिरुद्ध ८ गोलले पराजित गरेको हो । क्वाटरफाइनल खेलको तेश्रो खेलमा राइजिङ्ग र मुर्गिया बिच भएको प्रतिस्पर्धामा दुबै टिमबाट आफ्नो टिमलाई अग्रता दिलाउने निकै प्रयास गरे पनि दुबै टिमका डिफेण्डरहरुको कडा रक्षात्मक खेलका कारण ९० मिनेटको निर्धारित समय पछि थपिएको थप ५ मिनेटको समयमा पनि गोल हुन नसकेपछि १(१ गोलको बराबरीमा खेल टुङ्गिएको थियो।
मुर्गिया एफसीका सरोज क्षेत्रीले आफ्नो टिमका लागि खेलको पहिलो हाफमा पहिलो गोल गरेका थिए। खेलको पहिलो हाफसम्म मुर्गिया एफसी १ गोल अन्तरले अग्रता कायम गर्दै खेल टुङ्गिएको थियो। दोश्रो हाफको शुरुवातसंगै रक्षात्मक रणनीतिका साथ मैदानमा उत्रिएको राइजिङ्ग स्टारका लागि मुर्गियाका स्टइकरहरुको आक्रमक प्रतिस्पर्धाले कमजोर बनाइरह्यो। गोल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मुर्गिया एफ।सी।का मनिष चौधरीले खेलको अन्तिम समयमा पेनाल्टी शुटआउटमा गोल गरे पछि राइजिङ्गसंग १(१ गोलको बराबरी गर्न सफल भएका थिए। निर्धारित ९० मिनेटको समय दुबै टिमबाट बराबरी गोलमा समाप्ती भएपछि थप ५ मिनेटको समय थपिएपनि कुनै गोल नभएपछि खेललाई ट्राब्रेकरको आधारमा टुङ्गाइएको न्यु एभरेस्ट युवा क्लवका अध्यक्ष प्रकाश ठकुरीले जानकारी दिनु भएको छ। आइतबार भएको खेलमा राइजिङ्ग स्टारका गोल रइाक राहुल मुखिया म्यान अफ द म्याच बनेका छन। गैडहवा गाउँपालिका संरक्षक तथा पालिकाका ९ वटै वडाको आर्थिक सहयोगमा सञ्चालित गैडहवा गाउापालिका अध्यक्ष कप प्रतियोगिता विजेता टिमले २ लाख २ हजार २२२ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।