spot_img
spot_img
spot_img

बैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने, दोष नलाग्ने

spot_img

 काठमाडौं ।

यही बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। बैशाख कृष्ण औंसीका दिन बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने हुदाँ यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । यस वर्षको बैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने ३ वटै सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँको भनाई छ। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने भएकाले दोष लाग्ने हुदाँ बार्नुपर्ने समितीले जनाएको छ । बैशाख ७ गते लाग्ने सूर्यग्रहण विदेशका अन्य देशमा देखिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img