spot_img
spot_img
spot_img

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्यालको भनाई

spot_img

कपिवलस्तु  ।

नेपाल स्काउटले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले बताउनु भएको छ। नेपाल स्काउट ओदारी ट्रप्स तेस्रो ब्याज शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

नेपालमा स्काउटका क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै हरेक व्यक्तिमा अनुशान बनाउन स्काउटले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो। संरचनागत अनुसार स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्यालले बताउनु बताउनु भयो।

नगरका शिक्षा शाखा प्रमख खिमबाहादुर जिसिले विद्यालयमा स्काउट अति आवश्यक रहेको बताउनु भयो। समाजमा असल नागरिक बनाउन स्काउटले महत्वपुर्ण भुमिका खेलेको बताउदै स्काउटको पोसाकबाट समेत नयाँ पहिचान झल्केको बताउनु भयो। साथै उहाँले स्काउटलाई अगाडी बढाउनका लागि नगरले बजेट समेत छुटाउने तर्क गर्नुभयो।

प्रदेश स्काउट तदर्थ समिति सदस्य भगवती न्यौपानेले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको बताउदै स्काउटले नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो। स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयम्सेवी बनाउने गरेका प्रदेश सदस्य न्यौपानेले बताउनु भयो।

विद्यालयका प्रधानाध्यापक मीना कुमारी थारुले विद्यालयमा स्काउट चल्दै आएको तर आर्थिक पाटोले गर्दा सहज रुपमा सञ्चालन गर्न नसकेको अबस्था बताउदै यसलाई अगाडी बढाउन प्रदेश स्काउट र स्थानिय निकायले सघाउनु पर्ने बताउनु भयो।

यता प्रदेश स्काउट अधिकृत तारा पुरीले स्काउटको नियम, समाज तथा विद्यालय, विद्यार्थी शिक्षमा गरेका काम लगायतको बारेमा बताउनु भएको थियो। विद्यालय व्यवस्थाप समितिका अध्यक्ष राजेश चौधरीको अध्यक्षता,स्काउट शिक्षक लिना श्रेष्टको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन स्काउट शिक्षक कमल प्रसाद घिमिरेले गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img