दाङ ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशमा नयां नेतृत्व चयन भएको छ। बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले टेकराज केसी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको उपाध्यक्षमा दुर्गाबहादुर खड्का, सचिवमा मोहसिन समिर हल्वाई, कोषाध्यक्षमा बिकाशकुमार बाठामगर चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा महेश गुरुङ, सिर्जना बुढामगर, इशान पाठक, निक्कु विश्वकर्मा, रामकृष्ण डाँगी, रवि सुनार र माधव भण्डारी चयन भए । बाँकी दुई सदस्यपछि थप गरिने भएको छ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। भेलामा १२ जिल्लाका प्रतिनिधि, परिवेक्षक र प्रशिक्षकहरुको उपस्थिती रहेको थियो।