बुटवल ।
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा आउँदो शुक्रबारदेखि हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको हो । जेठ १२ गतेको लागि प्रदेशसभा अधिवेशन गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ गते अन्त्य भएको थियो
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??