भैरहवा ।
राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गर्ने दुई व्यक्ति भैरहवाबाट पक्राउ परेका छन। पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ९ बस्ने बर्ष २८ को नविन पन्थी र ऐ।ऐ। वस्ने बर्ष ३१ को मुक्तार पठान रहेका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपनरीक्षक श्यामु अर्यालले जारी गर्नु भएको प्रेस विज्ञप्ती अनुसार जिल्ला अन्तर्गत राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री बितरण गरेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा अम्बिका ट्रेडर्सका संचालक नविन पन्थी र मुफतार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको, स्टिकर तथा रक्सी फिरोज खानको घरमा भाडामा कोठा लिई राखेको बताएका थिए।
अनुसन्धानकै क्रममा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं।३ स्थित निजहरु डेरा कोठा लिई बस्ने डेरा कोठा खानतलासी गर्दा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ पिस, सिग्नेचरको खाली बोतल ४८ पिस, वल्ड दरवार लेखेको खाली बोतल १६ पिस, गोल्डेन वाक लेखेको खाली बोतल ९ पिस, सिगनेचर १८० एम.एलको १२ बोतल, सिग्नेचर ३७५ एम.एल.को २ बोत्तल, गोल्डेन वाक १८० एम।एल। को ४ बोतल, वल्ड दरबार रेगुलर १८० एम।एल। को ३ बोतल, वल्ड दरबार रेगुलर ३७५ एम।एल। को १ बोतल, १८० एम.एल.को ८८४८ ह्विस्कीको ४१ वोतल, जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ अन्दाजी १ लिटर फेला परेको प्रवक्ता अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ। बरामद गरिएको समान र राजश्व छलि गर्ने पन्थी र पठानलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाईएको छ।