काठमाण्डौ ।
धादिङमा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनलाई लिएर सोमबार हिजो घर नजिकै जङ्गलमा घाँस काट्न गएकी थिईन । घाँस काट्ने क्रममा अप्सरा र छोरा भिरबाट लडेर दुबैको जज गएको छ । दुबैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??