spot_img
spot_img
spot_img

शेयर बजार ५३ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

spot_img

काठमाण्डौ ।

शेयर बजार आज (मङ्गलबार) ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ। सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img