१९ जेठ, भैरहवा ।
भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) सञ्चालनमा अनुमती दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति भएको जनाएको हो। यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ। अब आइएलएस उडानसमेत हुन भएको छ। आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??