spot_img
spot_img
spot_img

बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगायो

spot_img

एजेन्सी ।

बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको छ । घोषणा अनुसार अब सरकारी कर्मचारीले महँगो मानिने “ए” श्रेणीको हवाई यात्रा गर्न नपाउने भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोना महामारीको प्रभाव र विश्वव्यापी आर्थिक सङ्कटसँग जुध्न बङ्लादेश सरकारले मितव्ययिताका उपायहरू अवलम्बन गरेको छ । बङ्लादेशले गएको वर्ष नोभेम्बरमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कर्मचारीहरूको विदेश यात्रामा प्रतिबन्ध समेत लगाएको थियो । तर, यो वर्ष मार्चमा विदेश यात्रााको प्रतिबन्ध केही खुकुलो पारिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img