काठमाण्डौ ।
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विद्युत् खरिद बिक्रीबारे सम्झौता भएको हो । सम्झौतापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्झौताको बारेमा उल्लेख गर्दै भारतले नेपालको तल्लो अरुण आयोजना र फुकोट कर्णाली आयोजना बनाउने पनि सम्झौता भएको छ । साथै भारतीय प्रसारण लाइनको प्रयोग गरेर नेपालले बङ्लादेशलाई चाँडै ५० मेगावाट बिजुली बेच्न पाउने पनि समझदारी भएको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




