spot_img
spot_img
spot_img

एलन मस्क पुनः बने विश्वकै धनाढ्य व्यक्ति

spot_img

एजेन्सी ।

विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि भएको हो । सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको छ । मे ३१ को आँकडा अनुसार एक महिनामा मस्कको सम्पतिमा २९ अर्ब डलरको बढोत्तरी भएर कुल सम्पति १९२ अर्ब डलर पुगेको छ । अर्कोतर्फ आर्नल्टको सम्पति भने ५ दशमलव २५ अर्ब डलर घटेर १८७ अर्ब डलरमा झरेको छ । सन् २०२३ को पाँच महिनामा मस्कको सम्पति ५५ दशमलव ३ अर्ब डलरले बढेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img