spot_img
spot_img
spot_img

जापानमा गर्मीबाट बच्न सरकारले नयाँ कार्ययोजना लागू गर्दै

spot_img

एजेन्सी ।

जापान सरकारले अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न नयाँ कार्ययोजना लागू गरेको छ । कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी प्रयोग गर्न आह्वान गरेको हो । अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको छ । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घर नभएको पाइएको छ । सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि भनेको छ । गर्मीका कारण विगत पाँच वर्षको तथ्यांकमा वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img