spot_img
spot_img
spot_img

न्यायीक सञ्जाल रुपन्देहीले सहजीकरणका लागि अभियान चलाउने

spot_img

बुटवल । रुपन्देही जिल्ला स्तरीय न्यायीक समिति सञ्जालले जिल्लाका सबै पालिकाहरुमा न्याय सम्पादनका लागि सहजीकरण गर्ने भएको छ। बिहिवार बुटवलमा सम्पन्न न्यायीक समिति सञ्जालको प्रथम बैठकले न्याय सम्पादनमा देखा पर्ने समस्या र कठिनाईहरुलाई समाधान गर्न एक आपसमा शेयर गरी सहजीकरण गर्ने र छिटो छरितो रुपमा पिडितलाई न्याय दिलाउने निर्णय गरेको हो।

बैठकमा बोल्दै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले न्याय सम्पादनको सम्पूर्ण जिल्ला उपप्रमुखहरुमा रहेको हुँदा त्यसलाई सहज रुपमा सम्पादन गर्न एक आपसका अनुभवहरु साटासाट गर्दा राम्रो हुने बताउनुभएको थियो। प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पाण्डेले रुपन्देही जिल्लाभित्रका १६ वटै पालिकामा न्याय सम्बन्धिको काममा एकरुपता ल्याउने गरी अगाडि बढ्न अनुरोध गर्नुभएको थियो।

बैठकले न्याय सम्पादक गर्दा परेका अप्ठ्यारा समस्या र चुनौतीहरुलाई समाधान गर्न एक आपसमा अनुभवहरुको शेयर गर्ने र सहजीकरण गर्ने, एकले अर्काेलाई सहयोग गर्ने निर्णय गरेको उक्त सञ्जालले हरेक दुई दुई महिनामा अलग अलग पालिकामा सञ्जालको बैठक आयोजना गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको सञ्जालका सचिव विद्यालक्ष्मी गुरुङ्गले जानकारी गराउनुभएको थियो।

सञ्जालका संयोजक तथा बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवि अर्यालको अध्यक्षतामा बुटवल उपमहानगरको कार्यकक्षमा बसेको बैठक सञ्जालका सचिव तथा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको सञ्चालन र सञ्जालका सहसचिव तथा सिद्धान्तनगर नगरपालिका उपप्रमुख उमा अधिकारीको स्वागतमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img