काठमाण्डौ ।
नेपालमा हालै देखिएको कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ बाट आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो ।
यो भाईरस अहिले भारतसँगै एसियाका विभिन्न मुलुकहरूमा फैलिइरहेको छ । नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको छ । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।