spot_img
spot_img
spot_img

उद्योग संघमा इन्जिनियरिङ वस्तुगत समिति गठन

spot_img

रुपन्देही ।

रुपन्देही उद्योग संघमा आवद्ध इन्जिनियरिङ्ग उद्योगीहरुको भेलाले मंगलबार इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै संघका निवर्तमान अध्यक्ष माधव पौडेलले इन्जिनियरिङ्ग क्षेत्रका उद्योगीहरुको समस्याको पहिचान गर्ने र त्यसका समाधानका लागि पहल गर्न वस्तुगत समितिको आवश्यक भएको बताउनुभयो ।

वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा द्वितिय उपाध्यक्ष हरिबहादुर खत्रीको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले इश्वरराज मेटल इन्जिनियरिङ्ग वक्र्संका राज कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

गठित समितिको सहसंयोजकमा एक्सिस इन्जिनियरिङ्ग वक्र्सका विकास श्रेष्ठ, सचिवमा गौतम स्टिल एण्ड इन्जिनियरिङ्गका रामनाथ गौतम र सदस्यहरुमा रैनादेवी इन्जिनियरिङ्ग उद्य्रोगका यादव पाण्डे, ड्रिमहाउस इन्जिनियरिङ्ग उद्योगका अशोक चौधरी, सुवेदी ग्रिल उद्योगका रमेश सुवेदी र स्वस्तिक इन्जिनियरिङ्ग उद्योगका प्रकाश सापकोटा चयन हुनुभएको छ ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, कार्यसमिति सदस्य शारदा रेग्मी भट्ट्राई, मिना थापा तुलाधार, मोहनीलाल रिजाल, कृष्ण प्रसाद पोखरेल, पूर्व कार्यसमिति सदस्य कमल ज्ञवाली, प्रेम बहादुर आले, उद्योगी मेघ बहादुर घिमिरेलाई चयन गरेको छ ।
नव गठित वस्तुगत समितिका संयोजक राज कुमार श्रेष्ठले भेलामा बोल्नुहुँदै संयोजकको जिम्मेवारी दिनु भएकोमा उद्योगी साथीहरुलाई धन्यवाद दिंदै इ्न्जिनियरिङ्ग सम्बन्धी समस्याहरु हल गर्न यहाँहरुको साथमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा संघका, कोषाध्यक्ष युवराज आचार्य, सहकोषाध्यक्ष विशाल बेलबासे, संघका कार्यसमिति सदस्य, मिना थापा तुलाधर, चन्द्रकान्त खनाल, कृष्ण प्रसाद पोखरेल पूर्व कार्यसमिति सदस्य प्रेम बहादुर आले, कमल ज्ञवाली संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारी र इन्जिनियरिङ्ग उद्योगीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img