spot_img
spot_img
spot_img

केन्यामा २०३२ सम्म १५ अर्ब रूख राेपिने

spot_img

काठमाण्डौ ।

केन्याकी प्रथम महिला राहेल रुटोले केन्याको राजधानी नैरोबीमा रहेको एकमात्र बन्द क्यानोपी जंगलमा ल्याण्डस्केप र इकोसिस्टम पुनःस्थापना रणनीति सुरु गर्नुभएको छ । देशव्यापी थप ५० करोड रूखहरू रोप्ने लक्ष्य राखिएको बताइएको छ । नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (युएनइए–६) को छैटौँ सत्रसँग मिल्दोजुल्दो यो प्रक्षेपणले सन् २०३२ सम्ममा १५ अर्ब रूख रोप्ने सरकारी प्रयासलाई पूरक बनाउने बताइएको छ ।

केन्याका राष्ट्रपति विलियम रुटोले सन् २०२३ मा १५ अर्ब रूख रोप्ने अभियान सुरु गरेका थिए । हरितगृह ग्यास उत्सर्जन घटाउने, ५.१ मिलियन हेक्टेयर बिग्रिएको परिदृश्य पुनःस्थापना गर्ने र ३० प्रतिशत रूखले राज्य ढाक्ने राज्यको प्रतिबद्धता रहेको छ । वृक्षारोपणलाई गति दिन सरोकारवाला सबैको कुरा सुनेर अघि बढ्ने उनको भनाइ छ । – न्युज एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img