spot_img
spot_img
spot_img

आईपीएलमा आज : लखनउलाई पहिलो पटक हराउने दाउमा कोलकाता

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो। जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो ।

बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो। कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । कोलकाताले सनराइजर्स हैदराबादलाई चार रनले, रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो ।

कोलकाता यसअघि खेलिएको खेलमा भने चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भएको थियो । समग्रमा जारी सिजनको आईपीएलमा कोलकाताको प्रदर्शन सन्तोषजनक देखिन्छ । अर्कोतिर, लखउनले जारी सिजनको आईपीएलमा छैटौँ खेल खेल्न लागेको हो ।

यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो ।

लखनउले दोस्रो खेलमा पञ्जाब किङ्सलाई २१ रनले हराएको थियो । तेस्रो खेलमा लखनउले रोयल च्यालेन्जर्स बैगलुरुलाई २८ रनले पराजित गरेको थियो । चौथो खेलमा लखनउले गुजरात टाइटन्सलाई ३३ रनले हराको थियो । लखनउ आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले हारेको थियो ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img