रुपन्देही । रुपन्देहीको देवदहमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ मा छैठौं दिनको खेलमा टटेरा व्याईज र देवदह आदर्श बहुमुखी क्याम्पस विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा केरवानी मा.विलाई ७८ रनले हराउदै टटेरा व्याईज विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको टटेरा व्याईजले
१४ ओभरमा अल आउट हुँदै १०१ रन बनाउन सफल भएका थिए । टिमका लागि वसन्त न्यौपानेले १५ रन, दिनेश खनालले १३ रन, दिनेश पौडेल र सन्दिप बस्यालले १०-१० रन जोडेका थिए । बलिङ तर्फ केरवानी मा.विका विवेक पाण्डे, शिव भट्टराई, हिमान्सु चापागाईं र शक्ति क्षेत्रीले ३-३ विकेट र सुसन पर्तेलले २ विकेट लिएका थिए ।
१०२ रनको लक्ष्य पाएको केरवानी मा.विले ८.१ ओभरमा ३३ रन जोडी अल आउट हुन पुग्यो । टिमका लागि कुनै खेलाडीले पनि दोहोरो अङ्क जोड्न सकेनन् । विवेक पाण्डेले ६ रन, नारायण पाण्डे, हिमान्सु चापागाईं र सुसन पर्तेलले ४-४ रन जोडेका थिए । बलिङतर्फ टेटेरा व्याईजका सन्दिप बस्यालले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट र रमेशले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सन्दिप बस्याल घोषित भएका थिए । उनले १० रन संगै ५ विकेट लिएका थिए ।
त्यसै मंगलबार सम्पन्न प्रतियोगिताको दशौं खेल देवदह क्रिकेट युनिट र देवदह आदर्श बहुमुखी क्याम्पस बिच भएको थियो । खेलमा देवदह आदर्श बहुमुखी क्याम्पसले ३ विकेटले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको देवदह क्रिकेट युनिटले १६ ओभरको खेलमा ९ विकेट गुमाउँदै १०९ रन बनाउन सफल भएको थियो । टिमका लागि सुरज खड्काले ३० रन, रोहित वाग्ले १८ रन, निश्चल ज्ञवालीले १५ रन र बिनोद क्षेत्रीले १३ रन जोडेका थिए । बलिङतर्फ आकाश कौसधनले ३ विकेट, अजय यादव र आशिष गौतमले २-२ विकेट, अर्बार अली र दुर्गेश यादवले १-१ विकेट लिएका थिए ।
११० रनको टार्गेट पाएको देवदह आदर्श बहुमुखी क्याम्पसले १३.५ ओभरमा ७ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गरेको थियो । टिमका लागि सुरज चौधरीले ३३ बलमा ५९ नट आउट, अजय यादव र दुर्गेश यादवले १२-१२ रन जोडेका थिए । बलिङ तर्फ विपर्शन केसीले ३ विकेट, अनिल नेपालीले २ विकेट, निश्चल ज्ञवाली र श्रीधर केसीले १-१ विकेट लिएका थिए । उक्त खेलमा देवदह आदर्शका सुरज चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए ।
भोली अर्थात प्रतियोगिताको एघारौं खेल चुरे शिखर क्रिकेट क्लब र ग्रीन प्लान्ट आवासीय मा.वि बिच बिहान १०:०० बजे देवदह मा.विको फिल्डमा हुने आयोजकले जनाएको छ।