देवदह // नेपाल मगर सङ्घ देवदह नगर समितिले देवदहको पानबारी खेल मैदानमा विशेष कार्यक्रम आयोजना गरि माघे सकराती मनाउने भएको छ ।
नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी माघ १ खेल मैदानमा माघे सकराती २०८१ को आयोजना गर्ने जानकारी दिएको हो ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगर गर्ने नेपाल मगर सङ्घ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाले बताए ।उनका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ र ऋतु थापाको प्रस्तुति, मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक छेलो हान्ने खेललगायत कार्यक्रम रहनेछ। कार्यक्रममा मगर समुदायका अन्य सङ्घसंस्थाहरूको पनि प्रतिनिधित्व रहनेछ ।
मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि प्रत्यक वर्ष जस्तै अहिले पनि माघे सकराती कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।