spot_img
spot_img
spot_img

जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिताको उपाधी सेभेन स्टार ई.बो.स्कुललाई

spot_img

देवदह // रुपन्देहीको देवदहमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह बुद्ध पब्लिक आवसिय मा.विको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सेभेन स्टार ई.बो.स्कुलले हासिल गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शिक्षालाई प्राविधिक धारसङ्ग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो। पछिल्लो समय विद्यालय अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिएको र संस्थागत शैक्षिक संस्थाहरुसङ्ग पनि सहकार्य गरेर नगरपालिका अगाडी बढ्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण गैरे, प्याबसन देवदहका अध्यक्ष्य राम बहादुर गुरुङ लगाएतले बोल्नु भएको थियो।

प्रतियोगितामा १८ विद्यालयम मध्य दोस्रो चरणमा न्यु होराईजन मा.वि, ग्रीन पलान्ट आवसिय मा.वि, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, कान्ति मा.वि, सेभेन स्टार ई.बो.स्कुल र स्कोलर्स होम प्रवेश गरेका थिए । उक्त प्रतियोगितामा ११५ अंक ल्याएर सेभेन स्टार ई.बो.स्कुल प्रथम, ९५ अंक ल्याएर ग्रीन प्लान्ट ईङ्लिस बोर्डिङ स्कुल दोस्रो, कान्ति मा.विले तेस्रो र न्यु होराईजन मा.विले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार, ५ हजार र २ हजार ५ सय  सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो । हाजिरी जवाफ प्रतियोगिता विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img