देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ को उत्तर र दक्षिण जोड्ने गरी विकास निर्माणको काम अगाडि बढिरहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिद्वारा देवदहको भवानीपुरमा आयोजित तीन दिने रामनवमी मेला–२०८१ लाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
पूर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले भवानीपुर ऐतिहासिक क्षेत्र भएको र सो क्षेत्रलाई संरक्षण, सम्वद्र्धन गर्नको लागि यस आर्थिक बर्ष संघीय सरकारबाट तटवन्धनको लागि एक करोड विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले देवदह क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासको लागि आफूले पहल गर्ने बताउनु भयो । उहाँले नागरिकको अपेक्षा अनुसार प्राथमिकरण गरी विकासका योजना अगाडि सारेको बताउदै राज्यले अगाडि सारेको योजनालाई कार्यान्वयन गर्नको लागि नागरिकले सहयोग गर्न आवश्यक रहेको औंल्याउनु भयो ।
कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष लिलावल्लभ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जानकी न्यौपाने, निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, पूर्व प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, देवदह–१०, का वडाअध्यक्ष यकबहादुर सुनार, स्वीकृति न्यौपाने लगायतले आ–आप्mना भनाई राखेका थिए । सोही अवसरमा प्रतिनिधि सभा सदस्य विश्वकर्माले भवानीपुरमा शुरु भएको तटवन्धनको समेत शिलान्यास गर्नु भएको छ । देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मीको स्वागत र छविलाल जिसीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो ।