spot_img
spot_img
spot_img

सगरमाथा आवासीय माविमा उत्प्रेरणा कार्यक्रम

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिका -७ मा अवस्थित सगरमाथा आवासीय माविमा कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा आध्यात्मिक चेतना र मानवीय जिम्मेवारी बोध गराउने उद्देश्यले मानव सेवा आश्रम बुटवलको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरु नैतिक र चरित्रवान् बनी मानवतालाई थप उचाइमा पु–याउन पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक मानव सेवा आश्रमका संस्थापक श्रीराम अधिकारीले आफू कर्मठ ,इमानदार र मिहिनेती भएर निरन्तर लागे सफल बन्न सकिने र मानव भएपछि दिन दु:खीहरुको पिडालाई बुझ्न सक्ने नागरिक बन्नु पर्ने कुरामा जोड दिनुभयो । मानव भएर मानवको सेवा गर्नु नै मानव सेवाको मुख्य धारणा भएको कुरा उहाँले व्यक्त गर्नु भयो ।

कक्षा ९ र १० का १७० विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रम प्राचार्य श्री कृष्ण प्रसाद पौडेलको अध्क्षयता र सह–प्राचार्य श्री प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img