spot_img
spot_img
spot_img

डिपिएलमा पाकडीको वर्चस्व कायम, उपाधि जित्दै पुनः च्याम्पियन

spot_img

देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को उपाधि पाकडी प्यान्थर्सले जीतेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले डिपिएल दास्रो सिजनको उपाधि रक्षा गरेको हो । पाकडी डिपिएल पहिलो सिजनको समेत विजेता टिम हो ।

शुक्रवारको फाइनल खेलमा टस जितेर टटेराले दिएको ब्याटिङको निम्तोलाई स्वीकार्दै पाकडीले मात्र ३ विकेटको क्षतिमा १३४ रन बनायो । पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रन प्रहार गरे । यस्तै रोसन गौतमले २५ रन, सागर काफ्लेले २० रन तथा निश्चल ज्ञवालीले १८ नटआउट रहे ।

टटेराको लागि डेभिड थापा र एजाज अहमदले ११ विकेट लिए ।
जवाफमा १३५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेरा २० ओभरको समाप्तीमा ९ विकेटको क्षतीमा १११ रनमा समेटिएपछि खेल पाकडीले जितेको हो । टटेराको लागि सुरज सारुले ४६, रमेश राईले २० विभेस खातीले १६ तथा जितेन्द्र आरकले १४ रनको योगदान दिएपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । टटेरालाई जितबाट रोक्नको लागि पाकडीका बैजनाथ यादवले ४ विकेट, निश्चल ज्ञवालीले ३ तथा रोशन गौतमले २ विकेटको योगदान गरे । खेलमा सुरज चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।

फाईनल खेल सकिएसंगै विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुल मन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बिच विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरे ।

प्रतियोगितामा विजेता बनेसँगै प्रथम हुने पाकडीले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टटेराले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने पाकडीका कप्तान प्रकाश भण्डारी प्लेयर अफ दि सिरिज घोषित भए । त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै २०४ रन जोड्ने टटेरा डाइनामाइटका डेभिड थापा उत्कृष्ट ब्याट्सम्यान बने । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै १६ विकेट लिने टटेराकै विभेस खाती उत्कृष्ट बलर बन्न सफल भए ।

समापन समारोहमा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री लगाएतले बोल्दै खेलले युवाहरुमा अनुशासनको पाठ सिकाउने भन्दै खेलप्रति अग्रसर हुन आग्रह गरे ।

डिपिएल दोस्रो सिजनका सहयोगी संघसंस्था, तथा सहभागी सम्पूर्ण क्लवहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगाएतको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष सचिन कुमार श्रेष्ठको अध्यक्षता, प्रतियोगिता संयोजक गोपाल प्रसाद भण्डारीको स्वागत र रविवल्लभ रेग्मीको सञ्चालनमा समापन कार्यक्रम भएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img