रुपन्देही । रुपन्देहीको देवदहमा भूमिहीन ७ सय बढी घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। देवदह नगरपालिका र नापी कार्यालय बुटवलको समन्वयमा वडा नम्बर ५, ७, ९ र १० का ७५७ घरधुरीलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको हो।
नगरपालिकाका अनुसार, देवदहमा १५ हजारभन्दा बढीले फर्म भरेका थिए। राजश्व दाखिला गरिएका १ हजार ४३२ मध्ये पहिलो चरणमा ७सय५७ जनाले लालपुर्जा पाए। बाँकी लाभग्राहीलाई क्रमशः लालपुर्जा वितरण गरिने तयारी नगरपालिकाले जनाएको छ।
कार्यक्रममा देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, उप–प्रमुख विद्या लक्ष्मी गुरुङ, नापी कार्यालय बुटवलका प्रमुख मणि प्रसाद शर्मा र सम्बन्धित वडा अध्यक्षहरूको उपस्थितिमा पूर्जा वितरण गरिएको थियो।




