spot_img
spot_img
spot_img

देवदहमा सिटिजन लाइफको सामाजिक पहल : उद्धार केन्द्रका कुकुरहरूलाई टीका, माला र खाना

spot_img

देवदह — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिकोत्सव तथा कुकुर तिहारको शुभ अवसरमा कम्पनीको देवदह शाखाले देवदह–१० चरङेस्थित अल केयर नेपाल मा रहेका उद्धार गरिएका कुकुरहरूलाई “सपोर्ट फर एनिमल रेस्क्यु प्रोग्राम” अन्तर्गत खाद्यान्न सहयोग गर्दै टीका, माला र पूजा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका क्रममा उद्धार केन्द्रमा रहेका कुकुरहरूलाई टीका, माला लगाई पूजा गरिनुका साथै खाद्यान्न वितरण गरिएको थियो।

सो अवसरमा बोल्दै वडा अध्यक्ष एक बहादुर सुनारले सिटिजन लाइफ इन्स्योरेन्सले कुकुर तिहारजस्तो सांस्कृतिक पर्वमा जनावरप्रतिको माया र सामाजिक उत्तरदायित्व प्रकट गरेको उल्लेख गर्दै यसको प्रशंसा गरे। उनले यस्तो उदाहरणले समाजमा करुणा, सहअस्तित्व र मानवता प्रति सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गा राज ढकालले कम्पनीले केवल व्यावसायिक क्षेत्रमा सीमित नरही समाज, जीवजन्तु र वातावरणको संरक्षणमा पनि योगदान दिइरहेको बताए। उनका अनुसार, सिटिजन लाइफले नागरिकको जीवन बीमासँगै सामुदायिक कल्याणमा पनि निरन्तर हातेमालो गर्दै आएको छ।

देवदह शाखा प्रमुख विनिता श्रीसले देवदह शाखाले समुदायसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन्।

अल केयर नेपालका सञ्चालक दिपक रिजालले सिटिजन लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै भने, “यस सहयोग र पूजा कार्यक्रमले उद्धार केन्द्रमा रहेका कुकुरहरूको हेरचाहमा थप सहयोग पुगेको छ। यस्तो पहलले जनावरप्रतिको माया र सम्मान झल्काउँछ।”

कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरूले उद्धार केन्द्रमा रहेका कुकुरहरूलाई टीका, माला र खाना खुवाउँदै तिहारको शुभकामना साटासाट गरेका थिए।

सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गा राज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा  देवदह शाखा प्रमुख विनिता श्रीस, फर्साटिकर शाखा प्रमुख उत्तम परियार, बेलबास शाखा प्रमुख योगेन्द्र रायमाझी तथा अल केयर नेपालका सञ्चालक दिपक रिजाल लगाएतको आतिथ्यता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img