spot_img
spot_img
spot_img

देवदह यू–१६ कप २०८२ क्रिकेट प्रतियोगिता कार्तिक ११ देखी

spot_img

रुपन्देहीको देवदहमा सगरमाथा स्कूलको प्रायोजनामा र देवदह क्रिकेट क्लबको आयोजनामा ‘देवदह यू–१६ कप २०८२’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता देवदह क्रिकेट मैदानमा कार्तिक ११ गतेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा जम्मा आठ टिम सहभागी हुनेछन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा देवदह क्रिकेट क्लब, वेस्टर्न क्रिकेट एकेडेमी, जे आर  क्रिकेट एकेडेमी र एम एस एम टि एकेडेमी रहेका छन् भने समूह ‘बि’ मा स्टार क्रिकेट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी र आर एम एल एकेडेमी रहेका छन्। प्रतियोगिता लिग प्रणालीमा खेलाइनेछ र हरेक खेल बिहान ८ बजे र दिउँसो १२ बजे हुने तय गरिएको छ। नोभेम्बर ३ मा सेमिफाइनल खेल र नोभेम्बर ४ मा फाइनल खेल हुने आयोजक संस्थाका सुमन राज पाण्डेले जनाएका छन्।

आयोजक देवदह क्रिकेट क्लबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नु, नयाँ खेलाडीहरू उत्पादन गर्नु र क्रिकेटलाई देवदह क्षेत्रमा प्रोत्साहन गर्नु हो। प्रतियोगितामा  विजेता टिमले नगद २५ हजार र उपविजेताले १५ हजार नगद  सहित शिल्ड, मेडल र प्रमाणपत्रको पाउनेछ्न। खेल संयोजक रोशन गौतमले प्रतियोगिताले देवदहका युवा खेलाडीहरूमा उत्साह थप्ने र देवदहलाई क्रिकेटमैत्री क्षेत्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img