spot_img
spot_img
spot_img

देवदहमा रजनिवृत्ती सम्बन्धी सचेतनामूलक कार्यक्रम

spot_img

देवदह, रुपन्देही । बिउझिएका नेपाली गाउँले महिला सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा रजनिवृत्ती सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ। कार्यक्रम सञ्जालकी अध्यक्ष श्री सिमा चौधरीज्यूको अध्यक्षतामा,देवदह नगरपालिका नगर उपप्रमुख श्री विद्या लक्ष्मी गुरुङज्यको प्रमुख आतिथ्यता र  वडा नं. १ का अध्यक्ष दिपक  नेपालको विशिष्ट अतिथिमा भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख गुरुङले महिलाको स्वास्थ्यका विषयमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै, “रजनिवृत्ती महिलाको जीवनमा स्वाभाविक प्रक्रिया हो, तर यसको सही ज्ञान र मनोवैज्ञानिक तयारीको कमीले धेरैलाई समस्या हुने गरेको छ। यस्ता सचेतनामूलक कार्यक्रमहरूले महिलालाई आफ्नो शरीर बुझ्न र आत्मविश्वासका साथ जीवनका आगामी चरण सामना गर्न प्रेरणा दिनेछन्,” भनेर उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी ईश्वरी पाण्डेले रजनिवृत्तीका कारण, लक्षण, व्यवस्थापन र यस अवधिमा ध्यान दिनुपर्ने स्वास्थ्य पक्षहरूबारे विस्तृत जानकारी दिनुभएको थियो। सञ्जालका सदस्य, महिला प्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सरस्वती पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img