spot_img
spot_img
spot_img

देवदह बोर्डिङमा अंग्रेजी श्रुतिलेखन र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

spot_img

देवदह — देवदह इङ्लिस बोर्डिङ हाई स्कूलले साप्ताहिक रूपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत अंग्रेजी श्रुतिलेखन र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीको भाषिक दक्षता र सामान्य ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको हो।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच भएको अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा कक्षा १ बाट प्रिन्सा चापागाईं प्रथम, सोफिया थापा द्वितीय र सृष्टिका बस्याल तृतीय बने। कक्षा २ बाट श्रृजन साहु प्रथम, अनुमिता मण्डल द्वितीय तथा मुस्कान थापा र प्रयुष सापकोटा संयुक्त रूपमा तृतीय घोषित भए। त्यस्तै कक्षा ३ बाट अर्पण चापागाईं प्रथम, सर्जक चापागाईं द्वितीय र संस्कार खनाल तृतीय भए।

अन्तरसदनात्मक हाजिरी जवाफ (जुनियर तह — कक्षा ४ देखि ६) प्रतियोगितामा ब्लु हाउसका रोशनी भट्राई, दिक्षान्त पाण्डे र खुसी काफ्लेले प्रथम स्थान हासिल गरे। एल्लो हाउसका अभिनव वोहरा, सृष्टि काफ्ले र जिवीका बस्याल द्वितीय भए।

त्यस्तै, कक्षा ७ देखि ९ सम्मको अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगितामा ब्लु हाउसकै एलिना गाहा, आभाष कुँवर र निशिका न्यौपानेको समूह प्रथम भयो भने रेड हाउसका लक्ष्मी तिवारी, यसराज अधिकारी र रामकिसन पासीको समूह द्वितीय स्थानमा रह्यो।

कार्यक्रम विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजीकरण र शिक्षक समिर डुम्रेको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास, टोली भावना र प्रतिस्पर्धात्मक क्षमतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img