spot_img
spot_img
spot_img

सगरमाथा कलेजमा क्रिकेट एकेडेमीको उद्घाटन

spot_img

देवदह । देवदह-७ स्थित सगरमाथा कलेजमा सगरमाथा क्रिकेट एकेडेमीको उद्घाटन गरिएको छ। बिहीबार नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा U–१९ टिमका कोच शक्ति गौचनले सगरमाथा क्रिकेट एकेडेमीको उद्घाटन गर्नुभएको हो ।

एकेडेमीको उद्घाटन गर्दै गौचनले देवदह क्रिकेटको लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएको प्रतिक्रिया दिए।“देवदह क्रिकेटको लागि सम्भावना बोकेको क्षेत्र हो भएको र यहाँ नियमित रुपमा साना ठुला प्रतियोगिता भैरहेको समेत उल्लेख गर्दै क्रिकेटको माध्यमबाट युवाहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले एकेडेमीले विद्यालय र देवदहका युवाहरूलाई क्रिकेट अभ्यासका लागि सहज हुने वातावरण र अवसर प्रदान हुने बताए।

पछिल्लो समय क्रिकेट खेलप्रति विद्यार्थी, युवाहरुको रुचि बढेको र विद्यालयले समेत पढाई सङ्गै खेलकुदलाई प्राथमिकता दिएको प्राचार्य पौडेलको भनाई थियो।
सोही अवसरमा सगरमाथा कलेज तथा सगरमाथा आवासीय माविबाट क्रिकेट खेल्ने २४ जना खेलाडीहरुलाई सम्मान गरिएको सगरमाथा कलेजका संयोजक दिपेश बिक्रम मल्लले जानकारी दिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img