spot_img
spot_img
spot_img

सेभेन साइड फुटबलको फाइनलमा कोलुवा शान्ति र प्रगति टोल

spot_img

गोविन्द घर्ती, देवदह । प्रथम टोलस्तरीय सेभेन साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिताको फाईलनमा कोलुवा शान्ति टोल र प्रगति टोल विकास संस्था भिड्ने भएको छ। सेमिफाईनल खेलमा कोलुवा शान्ति टोलले गुरुङ्गटोल टोल विकास संस्था र प्रगति टोल विकास संस्थाले नमुना टोल विकास संस्थालाईं हराउदै फाईनलमा प्रवेश गरेको हो।

प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनल खेलमा १ का विरुद्ध ५ गोल गर्दै कोलुवा शान्ति टोल विकास संस्था फाईनलमा प्रवेश गरेको हो । खेलमा जर्सी नम्वर ५ का विवेक सिंजालीले २ गोल, जर्सी नम्वर १५ का कुलवीर घर्ती, जर्सी नम्वर २ का बोमबहादुर रखाली र जर्सी नम्वर ७ का असिम विकले १-१ गोल गरेका थिए । यसैगरी गुरुङटोला टोल विकास संस्थाका खेलाडी जर्सी नम्वर १३ का रमित चौधरीले १ गोल फर्काउन सफल भएको थियो ।

यसैगरी दोश्रो सेमिफाईनल खेलमा सून्यका विरुद्ध ४ गोल गर्दै प्रगति टोल विकास संस्था फाईनलमा प्रवेश गरेको छ । खेलमा जर्सी नम्वर ९का गणेश गौतमले २ गोल, जर्सी नम्वर २ का नविन पौडेल र जर्सी नमवर ७ का निश्चल पौडेलले १÷१ गोल गरेका थिए । देवदह नगरपालिका–५, को आर्थिक सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिनु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img