spot_img
spot_img
spot_img

नेपाल मगर संघ देवदहद्वारा ४४औँ मगर एकता दिवस भव्य रूपमा सम्पन्न

spot_img

देवदह । नेपाल मगर संघ देवदह नगरसमितिले विभिन्न कार्यक्रम गरी ४४ औं मगर एकता दिवस–२०८२ मनाएको छ । मगर संघले फागुन–१५, लाई सागठनिक पर्वको रुपमा मनाउदै आएको छ । नेपाल मगर संघ देवदहका अध्यक्ष किसशनबहादुर थापाको अध्यक्षता र आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीषको प्रमुख आतिथ्यतामा मगर एकता दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. श्रीषले नेपालमा मातृभाषा लोपहुने अवस्थामा रहेकोले मातृभाषा संरक्षणको लागि तिनै तहको सरकारले पहल गर्न आवश्यक रहेको औल्याउनु भयो । संस्कृतिविद् समेत रहनु भएका श्रीषले मातृभाषा प्रवद्र्धन र सम्वद्र्धनको लागि मातृभाषा शिक्षा लागु गर्नुपर्नेमा जोड दिनु भयो । उहाले मातृभाषा संग संस्कृति र ईतिहास जोडिएकोले मातृभाषालाई स्थानीय कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले मातृभाषा, संस्कार, संस्कृति देशको गहना भएकोले यसको संरक्षण र प्रर्वद्धनको लागि नगरपालिका लागिरहेको बताउनु भयो । यसैगरी मातृभाषा अभियन्ता भिमप्रसाद गुरुङ्गले भाषा, संस्कार विना जातीय पहिचान स्थापित नहुने बताउदै मातृभाषा संरक्षण सम्वद्र्धन गर्न सरकारले लगानी गर्न आवश्यक रहेको औल्याउनु भयो ।

कार्यक्रममा संघका केन्द्रिय लेखा सदस्य जसबहादुर पुन, आदिवासी जनजाति महासंघका मिना श्रेष्ठ, पुर्वअध्यक्ष लालबहादुर दर्लामी, नारायण श्रीष लगायतले बोल्नु भएको थियो । कार्यक्रममा मगर भाषा, संरक्षण, सम्वद्र्धनमा महत्ववपूर्ण योगदान दिएको भन्दै भिमप्रसाद गुरुङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, विद्यार्थी तथा लोकसेवा आयोगमा नाम निकाल्न सफल भएका मगरहरुलाई सम्मान गरिएको थियो । विभिन्न नाचगान सहित खैरेनीबाट शुरु भएको र्याली पानवारीमा पुगेर सभामा परिणत भएको थियो ।

संघका उपाध्यक्ष मिलन मास्कीको स्वागत र सचिव चोलीमाया रानाको संचालनमा कार्यक्रममा राष्ट्रिय तथा स्थानीयकलाकार सहित सोरठी, झ्याउरे, घाटु लगायतका नाच प्रस्तुत गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img