दाङ ।
लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण गर्दै स्थानीय उत्पादनका सामग्रीको (ब्रान्डिङ) गर्दै साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सृजनालगायतको विषयलाई प्राथमिकता दिइएको जानकारी दिनुभएको छ । साथै उहाँले प्रदेशवासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार गर्ने उल्लेख गरिएको छ । साथै उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन केन्द्रित हुने गरी कार्यक्रम चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ ।त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण ९ल्यान्ड पुलिङ० कार्य तदारुकताका साथ अगाडि बढाइने सरकारले जनाएको छ । प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने सरकारले जनाएको छ । सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल र बिजौरिया आयुर्वेद अस्पतालको स्तर वृद्धि गरिने सरकारले जनाएको छ । त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शय्यामा र बिजौरिया आयुर्वेद अस्पताललाई ५० शय्याको बनाउने नीति कार्यक्रममा उल्लेख छ ।